सम्पादकीय

कोरोना, माहुरी र अवरुध्द प्रकाशन

सम्पादकीय

लामो समयदेखि कोभिड-१९ (कोरोन) को महामारीका कारण विश्व गतिहीन हुन पुगेको छ। उडदा उडदैका जहाजहरु ह्यङ्गरमा थन्किएका छन्। युद्ध जितेका सेनापतिहरु कोरोनाका कारण पराजित भएका छन्। प्रविधि, उद्ध्योग धन्दा, यातायात, शैक्षिक संस्था आदि ठप्प छ। आजसम्म कोरोना उपचारकालागि औषधी पत्ता लागेको छैन। आजमात्र रुसले ‘स्पुट्निक भी कोभिड’ भ्याक्सीनलाई अनुमोदन गरेको कुरा राष्ट्रिय गौरवकासाथ त्याहाँका राष्ट्रपति भ्लादीमीर पुटीनले उद्घोष गरेका छन्। उक्त कार्यक्रममा राष्ट्रपति पुटीनले आफ्नी एक छोरीमासमेत ‘स्पुट्निक भी कोभिड’ भ्याक्सीन टेष्ट गरिएको जनाएका छन्। अन्य कुराहरू यथावत रहेमा केही हप्ताभित्रै स्पुट्निक भ्याक्सीन बजारमा उपलब्ध गराइने छ। तर विश्व स्वास्थ्य संगठनले तेस्रो चरणको परीक्षणविना उक्त भ्याक्सीन बजारमा नल्याउन भनेको छ। अमेरिका, वेलायतका उत्पादक कम्पनिहरुले छिटट् कोरोना बिरुद्धका भ्याक्सिन निकालिने जनाउदै आएका छन। जे भए पनि विश्व जनसमुदायले कोरोनाको पूर्ण उपचारकालागि भ्याक्सिन पाउन अझै कुर्नु पर्ने देखिन्छ।

वास्तवमा कोरोना महामारीले संदेश दिएको छ कि- सबै कुरा रोकिए तर खानेकुरा र स्वास्थ्य उपचार रोकिएन; त्यसको महत्व झन् बढेर गयो। यसबाट ‘विश्वले खाने कुरा र स्वास्थ्य उपचारलाई मानव कल्याणका निम्ति प्राथमिकतामा राख्न जरुरी छ’ भनेर सिक्न जरुरी छ। विगतको बिकास अवधारणाले मानव कल्याणको मान्यतालाई उपेक्षा गरेको देखियो’, नाफामुखी भौतिक मान्यता हावी भयो। खर्वपति वील गेट्सले ‘धेरै कुराको बिकास त गरियो तर संकटको सामना गर्न सक्ने संयन्त्र निर्माण गर्न नसकेको’ स्वीकार गरेक छन्। मुलत: मानिसलाई केन्द्र बाहिर राखेर गरिएको बिकास अपूर्ण हुन्छ, अन्याय हुन्छ। अहिलेको कोरोना संक्रमणले बिकास मानव हितका लागि हो भनेर एकाग्र हुने अवसर दिएको छ

कोरोनाका कारण सामान्य मानिसको जनजीवन अत्यन्त कष्टकर भएको छ। सबैभन्दा कष्टकर त यस्तो असुरक्षित अवस्थाको अन्त्य कहिले होला भन्ने हो। कोरोनाको संक्रमण बढन नदिनकालागि सर्वत्र लकडाउन, क्वरेण्टाइन, आइसोलेसनजस्ता उपाय अपनाइएको छ। सन १९१८ ताकाको स्पेनिस फ्लु रोक्न अपनाईएको कठोर लकडाउन विधि नै कोरोना रोकथामको पनि अचुक उपाय ठानिएको छ। त्यसैले राज्यले के गर्ला भनेर कुर्नुभन्दा ब्यक्ति, परिवार र समाजले आफै अनुशासित भएर संक्रमणबाट बच्न सकियो भने जीवनको सार्थक रहला!

कोभिड -१९ बाट हामी पनि मुक्त रहन सकेनौं। झण्डै चार महिनादेखि अवरुध्द यस ‘माहुरी’ डिजीटल म्यागजीनको प्रकाशन शुरु गर्नलागिएको छ। हामीले चाहेर पनि अपेक्षाकृत समाग्री प्रकाशित गर्न सकिएलाजस्तो लाग्दैन, किनभने कोरोनाको संक्रमण अझै निदान भएको छैन। मानिसहरु मर्ने क्रम रोकिएको छैन, जतिबेला जे पनि हुन सक्ने अबस्था विध्यमान छ। यहाँहरुको सहयोग र धैर्यताप्रति आभार छौं। धन्यवाद   

   

पढनुहोस् सबै सम्पादकीय बिचारहरू
———————————–

कोरोना, माहुरी र अवरुध्द प्रकाशन

सम्पादकीय लामो समयदेखि कोभिड-१९ (कोरोन) को महामारीका कारण विश्व गतिहीन हुन पुगेको छ। उडदा उडदैका जहाजहरु ह्यङ्गरमा थन्किएका छन्। युद्ध जितेका सेनापतिहरु कोरोनाका कारण पराजित भएका छन्। प्रविधि, उद्ध्योग धन्दा, यातायात, शैक्षिक संस्था आदि ठप्प छ। आजसम्म कोरोना उपचारकालागि औषधी पत्ता लागेको छैन। आजमात्र रुसले ‘स्पुट्निक भी कोभिड’ भ्याक्सीनलाई अनुमोदन गरेको कुरा राष्ट्रिय गौरवकासाथ त्याहाँका… Continue reading कोरोना, माहुरी र अवरुध्द प्रकाशन

अब हामी माहुरी भएका छौं

अब हामी माहुरी भएका छौं | किनभने महको खोजीमा निस्केका माहुरी र रेमिट्यान्स भित्र्याउने परदेशीको बिचमा हामीले धेरै समानता पाएका छौं । प्रकाशनको समयमै हामी दोधारमा थियौं कि परदेशी वा माहुरी; कुन नाम ठिक होला! त्यहि भएर नै परदेशीको प्रतिक चिन्हमा शुरुदेखि नै माहुरी अंकित रहेको छ। वास्तवमा सबैभन्दा कुशल संगठन, उत्पादकत्व, परिश्रम र मेलमिलापको… Continue reading अब हामी माहुरी भएका छौं

माहुरी, किसान र परदेशी

हामीले यो डिजिटल म्यागाजिनको परिकल्पना प्रतिविम्वित हुने प्रेरणाको श्रोत माहुरी (Bee)लाई ठान्यौं। किनभने, सबैभन्दा कुशल संगठन, उत्पादकत्व, परिश्रम र मेलमिलापको अनुपम यथार्थ हुन- माहुरीहरु र तिनको समाज! अनगिन्ति चुनौतिहरुको सामना गर्दै दूर-दुर पार गरेर घार (Hive) मा मह निकाल्ने माहुरीबाट विश्वभरका मानिसले सिक्न सक्ने धेरै कुराहरु छन। माहुरी आफ्ना ईमान्दार परिश्रमबाट आर्जित श्रोत घारमा भित्र्याएर… Continue reading माहुरी, किसान र परदेशी

Loading…

Something went wrong. Please refresh the page and/or try again.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s