बिशेष रिपोर्ट, स्वास्थ्य

लकडाउन मात्रै समाधानको उपाय होइन

कोभिड-१९ (कोरोना) को संक्रमण फैलिन नदिने भनेर नेपाल सरकारले पनि गत चैत्र ११ गतेदेखि साउन ७ गतेसम्म लकडाउन गरेको थियो। दुईजनामात्र संक्रमित हुँदा ११ चैतमा सुरु भएको लकडाउन संक्रमितको संख्या १८ हजार पुगेपछि साउन ७ देखि अन्त्य भएको घोषणा गरियो।

करिव २३ सय कोरोना संक्रमित भएको शुरुको असी दिनको त्यस अवधिमा १० अर्ब रूपियाँ खर्च भएको खबर आयो। सरकारी स्रोतबाट आएको उक्त तथ्याङ्क हेर्दा प्रति व्यक्ति झण्डै ४३ लाख लगानी भएको देखिन्छ।  

अहिले नेपालमा कोरोना सङ्क्रमित हुनेको संख्या २३,३१० मृत्यु ७९ पुगिसकेको छ। सरकारको उक्त खर्च र लकडाउनको उपायबाट कोरोनाको संक्रमण घटेन, झन् तीव्र गतिमा बढ्यो।

लकडाउनको कारण निजी क्षेत्र ठप्प थियो, त्यसले अझै गति लिन सकिरहेको छैन। शून्य आर्थिक गतिविधिका कारण सरकारी ढुकुटी रित्तिएको कुरा स्वयं अर्थमन्त्रीले पुष्टी गरे। त्यसैले करको लोभमा लकडाउन खुकुलो बनाईयो भनेर डा भोला रिजालले प्रतिकृया दिएका थिए।

कोरोना सङ्क्रमित बढिरहेको अहिलेको अत्यन्त जोखिमयुक्त समयमा सरकारले त्यसको रोकथाम र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई सुम्पेर भाग्न खोजेको छ। अर्बौं स्वाहा पारेर रित्तिएको सरकारले स्रोत साधान नभएका स्थानीय तहबाट त्यस्तो कठिन कार्यको सहज सम्पादन गराउन खोज्नु  असम्मभव देखिन्छ। कसरी सहज सम्पादन गराउन सकिन्छ भन्ने बिषयमा सरकारी संयन्त्र मौन छ।

लकडाउनलाईमात्र कोरोना संक्रमण रोक्ने एकमात्र उपायको रूपमा अवलम्बन गर्दै सरकार संक्रमितको संख्या ह्वात्तै बढेपछि अत्तालिएर फेरी लकडाउन लागुगर्ने कुरा गर्दैछ। विदेशमा पानि लकडाउन लागु गरिएको छ तर अर्थतन्त्रमा प्रतिकुल असर नपरोस भनेर तिनीहरू सँधै सतर्क छन्। तर नेपालमा सरकार बहुआयामिक उपाय तय गर्न असफल देखिएको छ। लकडाउनमात्रै समाधानको उपाय होइन बरु यो त थप संकटको चुनौति हो भन्ने सरकारले बुझ्न जरुरी छ। मानिसलाई रोगलेभन्दा भोकले मर्नुपर्ने दिन नजिकिदै गएको आभाष हुनथालेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s